मत्ती 6:9-15
Nepali Bible: Easy-to-Read Version
9 यसैले जतिबेला तिमी प्रार्थना गर्दछौ त्यसबेला यसरी प्रार्थना गर:
‘हे हाम्रा स्वर्गमा बस्नुहुने पिता,
हामी प्रार्थना गर्दछौं तपाईंको नाउँ सधैँ पवित्र रहोस्।
10 हामी प्रार्थना गर्दछौं, तपाईंको राज्य आओस्,
अनि तपाईंको इच्छा स्वर्गमा झैं यस पृथ्वीमा पूरा होस्।
11 आज दिनभरिको भोजन हामीलाई दिनुहोस्।
12 हाम्रा अपराधहरू क्षमा गरिदिनुहोस्।
जसरी हामीले पनि आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौं।
13 हामीलाई परीक्षामा पर्न नदिनुहोस्,
तर हामीलाई दुष्टहरूबाट बँचाउनु होस्।’[a]
14 यदि, तिमीहरूले तिनीहरूको कसुर क्षमा गर्यौ भने तिमीहरूका स्वर्गमा बस्नुहुने पिताले पनि तिमीहरूलाई क्षमा गर्नुहुनेछ। 15 यदि तिमीहरूले मानिसहरूका दोष क्षमा गरेनौ भने स्वर्गमा बस्नुहुने तिमीहरूका पिताले पनि तिमीहरूका दोष क्षमा गर्नुहुनेछैन।
Read full chapterFootnotes
- 6:13 केही ग्रीक प्रति-लिपिहरूमा यो भाग थपिएको छ: “किनभने राज्य, पराक्रम र महिमा सदा-सर्वदा तपाईंकै हुन्। आमिन।”
© 2004, 2010 Bible League International